नेपालसहित ५ देशका नागरिकलाई कुवेत प्रवेशमा पुनः प्रतिबन्ध

शुक्रबार, २२ साउन २०७८, ०८ : २५

काठमाडौं - नेपालीहरूको वैदेशिक रोजगारको मुख्य गन्तव्य कुवेतले नेपालसहित ५ देशका नागरिकलाई पुनः आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । 

कुवेतको स्वास्थ्य मन्त्रालयले नेपाल कोभिड संक्रमणको उच्च जोखिममा रहेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध यथावत रहेको बताएको छ । 

कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा राखेको छ । कुवेतबाट १० अगस्ट पछि उडान प्रतिबन्ध फुकुवा भई घर बिदामा आउने नेपालीहरूलाई सहज हुने अपेक्षा थियो । 

तर, कुवेतको पछिल्लो निर्णयले नेपालबाट रोजगारीमा कुवेत जाने र घर फर्किने कामदारहरूलाई समस्या परेको बताइएको छ ।

शुक्रबार, २२ साउन २०७८, ०८ : २५

प्रतिक्रिया