मलेसियामा नेपाली कामदारले गरे आत्महत्या

शनिबार, २३ साउन २०७८, ०७ : १२

काठमाडौं - मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली कामदारले आत्महत्या गरेका छन् । 

अवैधानिक हैसियतमा रहेका ३५ वर्षीय दिपक चौधरीले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने भवनको १३ औं तल्लाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।

चौधरी त्यहाँ सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए । उनको नेपाली ठेगान खुल्न बाँकी रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 

शनिबार, २३ साउन २०७८, ०७ : १२

प्रतिक्रिया