काठमाडौं - वैदेशिक रोजगारीमा कुवेतमा रहेका नेपाली कामदारहरुले सहजरुपमा कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले केही समयको अन्तरालमा करिब ७० प्रतिशतलाई खोप उपलब्ध गराइने जनाएको छ ।
कुवेतमा फाइजर र अक्सफोर्ड, जोन्सन एन्ड जोन्सन खोपलाई आधिकारिक मान्यता दिइएको छ । कुवेतले नेपालसहित ५ देशका नागरिकलाई कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै अर्को सूचना नभएसम्म आफ्नो देशमा प्रवेश प्रतिबन्ध लगाएको छ ।
कुवेतले नेपालसहित भारत, पाकिस्तान, बगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा राखेको हो । हाल दैनिकरुपमा १ लाखले खोप लगाइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया