इजरायलको रोजगारी लागि १२ दिनमा तीन हजार धेरैले दिए आवेदन, २ हजार बढि पुरुष

सोमबार, २५ साउन २०७८, ०७ : १८

काठमाडौं - इजरायलको रोजगारीका लागि करिब २० हजारले आवेदनका लागि यूज़र आई डी बनाएका छन् । आवेदन खुला गरेको १२ दिनको अवधिमा उक्त आवेदन परेको हो । 

विभागले २१ दिनको अवधि दिएर आवेदन खुला गरेको छ । आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको र त्यसमध्ये तीन हजार आठ सय जनाले तोकिएका कागजपत्रसहित आवेदन दिएको विभागको इजरायल शाखाले जनाएको छ । 

विभागका अनुसार एक हजार ६ सय ५१ जना महिला र २ हजार १ सय ६१ जना पुरुष रहेका छन् । इजरायल सरकारले पहिलो चरणमा केयर गिभर क्षेत्रका लागि नेपाली कामदार लान लागेको हो । यसपछि क्रमशः कृषि, होटल, रेष्टुरेण्ट, निर्माण लगायतका क्षेत्रमा पनि इजरायल सरकारले नेपाली कामदार लागे बताइएको छ । 

आवेदन दिएकामध्येबाट छनोट भइसकेपछि इजरायलमा तीन सय जना पुरुष र सात सय जना महिला गरी एक हजार जनाले रोजगारी पाउने छन् । विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक नेपाली रुपैयाँ करिब एक लाख ९३ हजार हुनेछ । 


 

सोमबार, २५ साउन २०७८, ०७ : १८

प्रतिक्रिया