कतारको एउटै कम्पनीमा २५५ जना पुरुष कामदारको माग, तलब कतिदेखि कतिसम्म ?

सोमबार, २५ साउन २०७८, १७ : ५२

काठमाडौं,कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको Construction Development Company ले २५५ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३२ हजार माथि देखि ५५ हजार माथि रहेको छ । इच्छुक कामदारले आशा इन्टरनेशनल प्रा.लि. महाराजगंज काठमाडौमा साउन ३२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

सोमबार, २५ साउन २०७८, १७ : ५२

प्रतिक्रिया