सिभिल लघुवित्तले माग्यो ५ पदमा ८५ जना कर्मचारी, कसरी दिने आवेदन ?

मंगलबार, २६ साउन २०७८, ०९ : ०२

सिभिल लघुवित्त बित्तिय संस्थाले भारी मात्रामा कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि ५ पदमा ८५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक पद बाहेक सबै पदमा स्थायी नियुक्ति हुने कम्पनीले जनाएको छ । कनिष्ठ सहायक पदमा एसएलसी पास गरेकाले पनि आवेदन दिन सक्ने छन् । 

कम्पनीले इच्छुक तथा योग्य उम्मेदवारलाई कम्पनीले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँको चाबहिलमा रहेको छ ।

मंगलबार, २६ साउन २०७८, ०९ : ०२

प्रतिक्रिया