कतारको एक कम्पनीमा ४० कामदारको माग, मासिक तलब कति ?

मंगलबार, २६ साउन २०७८, १६ : ४९

काठमाडौं, कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको The Deplomatic Club ले ४० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३२ हजार माथि रहेको छ । इच्छुक कामदारले कन्टिनेन्टल एच.आर.डी.कन्सल्टेन्ट्स प्रा.लि. बालुवाटनर काठमाडौमा साउन ३२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च कामदार आफैैले बेहोर्नेु पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

मंगलबार, २६ साउन २०७८, १६ : ४९

प्रतिक्रिया