वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्दै पौने तीन करोड ठगी गर्ने पक्राउ

बुधबार, २७ साउन २०७८, ०९ : २३

काठमाडौं - वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने प्रलोभनमा पारी करिब पौने तीन करोड ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–४ धादिङका ३९ वर्षीय दीपबहादुर गुरुङ रहेको छन् । 

उनले वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्दै २ करोड ६१ लाख ५५ हजार लिएको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले आफुलाई समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर बताउने गरेको पनि प्रहरीले जनाएको छ । 
 
युवाहरुको रकम लिएर लामो समयदेखि सम्पर्कविहीन भएका गुरुङलाई प्रहरीले उनीहरुकै सूचनाका आधारमा पक्राउ गरेको बताइएको छ । त्यसैगरी धादिङ थाक्रेका निमा लामाले पनि काठमाडौं हाडीगाउँमा कन्सलटेन्सी सञ्चालन गरी त्यसमार्फत सिंगापुरमा रोजगारी लगाइदिने भन्दै ७८ जनाबाट लाखौं रकम रकम असुलेको उजुरी परेको छ । 

प्रहरीले ठगीको आरोपमा अनुसन्धान गर्न कम्पनीका संचालकसहित अन्य चार जनाको खोजी गरिरहेको बताएको छ ।

बुधबार, २७ साउन २०७८, ०९ : २३

प्रतिक्रिया