काठमाडौं – संयुक्त अरब इमिरेट्स यूएईको दुबई जान अब कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।
नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई जानेले कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन ।
सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्ने छ । दुबई जाने नेपालीले सबैभन्दा पहिला यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।
नेपालको विमानस्थलमा र्यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण गर्नुपर्छ । क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।
प्रतिक्रिया