कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको Mechanical And Civil Engineering Contractions Company Ltd. ले ३५१ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३२ हजार माथि देखि ३९ हजार माथि रहेको छ । इच्छुक कामदारले Mobhira Recuitment बुढानिलकण्ठ, काठमाडौमा भदौ २ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क,भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया