काठमाडौं - रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानियाको पिपेरा सहरमा रहेको जोर्डन रिभर रिक्रुटमेन्ट एसआरएल कम्पनीले १२० जना पुरुष र ५० जना महिला गरि जम्मा १७० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ६५ हजार माथि रहेको छ । इच्छुक कामदारले ग्लोबल वेलफेर हर सोलुसन प्रा लीको कार्यालय सामाखुसी काठमाडौंमा भाद्र ३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, विदेशमा हुने मेडिकल खर्च, स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया