दुबईले माग्यो आर्कषक तलवका साथ ४२४ नेपाली कामदार,कति छ तलव ?

शुक्रबार, २९ साउन २०७८, १५ : ४०

दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको  Apleona Sam Facilities Management LLC कम्पनिले सेक्युरिटी गार्डका लागी ३७८ पुरुष र ४६ महिला गरी ४२४  जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कम्तिमा SLC पास साथै अंग्रेजी लेख्न बोल्न, पढ्न सक्ने, ५ फिट ५ इन्च उचाइ भएको, उमेर २२ देखि ४० बर्ष ननाघेको  कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ५१ हजार भन्दा बढी  रहेको छ ।  इच्छुक कामदारले AL Secure  Manpower Recruitment P.Ltd को कार्यलय सिनामंगलमा भदौ ४  गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

शुक्रबार, २९ साउन २०७८, १५ : ४०

प्रतिक्रिया