वैदेशिक रोजगारीमा जानेहरूलाई दिइने अभिमुखीकरण तालिम पुनः बन्द

शनिबार, ३० साउन २०७८, ०८ : ३०

काठमाडौं - काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले रात्रीकालीन निशेधाज्ञा लगाएसँगै वैदेशिक रोजगारीमा जानेहरूलाई दिइने अभिमुखीकरण तालिम पुनः बन्द हुने भएको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले साउन २८ गतदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेका छन् । उक्त आदेशसँगै अभिमुखीकरण तालिममा रोक लाग्ने भएको हो ।

वैदेशिक रोजगार ऐन अनुसार श्रम स्वीकृतिका लागि सशरीर उपस्थित भई वायोमेट्रिक हाजिरीका आधारमा तालिम लिनुपर्ने बाध्यता छ । तर तालिम नै लिन नपाउने भएपछि विदेश जान श्रम स्वीकृति प्रक्रिया नै अवरुद्घ हुने देखिएको छ ।

शनिबार, ३० साउन २०७८, ०८ : ३०

प्रतिक्रिया