त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र बिदाइ गर्न नपाइने

आइतबार, ३१ साउन २०७८, ०७ : २४

काठमाडौं - कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिदाइका लागि रोक लगाएको छ । वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि जाने आफन्तहरुको गर्ने बिदाइमा रोक लगाइएको हो ।  
 
नागरिक उड्डयन प्राधिकरणले कोरोना संक्रमण बढ्ने क्रममा रहेको भन्दै बिदाइ तथा स्वागतका लागि विमानस्थलमा प्रवेश गर्न रोक लागाएको बताइएको छ ।

प्राधिकरणले विमानस्थलमा प्रवेश अनुमति पाएकाले अनिवार्यरुपमा मास्क लगाउने, शरीरको तापक्रम नापेर मात्रै टर्मिनल भवनमा प्रवेश गर्ने, अनिवार्यरुपमा भौतिक दुरी कायम गरी अनिवार्य सेनीटाइजर प्रयोग गर्न पनि आग्रह गरेको छ ।

आइतबार, ३१ साउन २०७८, ०७ : २४

प्रतिक्रिया