दुबईले माग्यो ४०० पुरुष कामदार, कति छ तलव ?

सोमबार, ३२ साउन २०७८, ११ : ५९

दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको  Tamayaz Employement Services LLC  कम्पनिले  बिभिन्न पदका लागी ४०० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३८  हजार भन्दा बढी  रहेको छ ।  इच्छुक कामदारले  मित्र ओभरसिज सर्भिस प्रा.लि को कार्यलय सिनामंगलमा भदौ ७  गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

सोमबार, ३२ साउन २०७८, ११ : ५९

प्रतिक्रिया