आकर्षक तलबसहित साउदीले माग्यो ५० कामदार, के के छन् सुविधा ?

सोमबार, ३२ साउन २०७८, १८ : १८

काठमाडौं, साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको AARAK AL-SAFA CONTRACTING EST ले ५० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३१ हजार माथि रहेको छ । इच्छुक कामदारले Future link international pvt.ltd. सिनामंगल काठमाडौमा भदौ ६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

सोमबार, ३२ साउन २०७८, १८ : १८

प्रतिक्रिया