काठमाडौं, कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको REDCO INTERNATIONAL WLL ले ३०० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ४२ हजार माथि रहेको छ । इच्छुक कामदारले अल समित म्यानपावर प्रा.लि. सामाकोशी,टाउनप्लानिङ काठमाडौमा भदौ ८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले तिर्नु पर्नेछ ।
यस्तै,भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया