काठमाडौं - नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरिएको छ ।
मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ ।
दुवईको आवासीय भिसा हुनेहरूले General Directorate of Residency and Foreigners Affairs – Dubai (GDRFA – D) को वेभसाइटमा गई आफ्नो भिसाको अवस्था हेर्नुपर्नेछ । दुवई प्रवेशका लागि भिसा अवधि कायमै रहेकाहरूले सो निकायबाट आवश्यक सहमति (GDRFA Approval) लिनुपर्नेछ ।
१८० दिनभन्दा बढी युएई बाहिर रहेका र र वा दुवईको आवासीय भिसा अवधि सकिइसकेका नेपालीहरूले न्म्च्ँब् को उल्लिखित वेभसाइटमा गई तोकिएका कागजातहरू अपलोड गरी युएई प्रवेशको सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुवई प्रवेश गर्न सकिनेछ ।
दुवईको आवासीय भिसा भएका नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुवई प्रवेश गर्न सकिने छ । तर खोप प्रमाणपत्र नचाहिने भए पनि ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने छ र चार घण्टाभित्रको र्यापिड पीसीआर टेस्ट भने चाहिनेछ ।
तर खोप प्रमाणपत्रबिना दुवई बाहेक युएईका अन्य इमिरेट्सहरूमा प्रवेश गर्न पाइने छैन ।
प्रतिक्रिया