काठमाडौं - रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । UMAN CARE RECRUTING S.R.L कम्पनीका लागि १०० जना पुरुष र २० जना महिला गरि जम्मन १२० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ६५ हजार माथि देखि ७७ हजार माथि रहेको छ । इच्छुक कामदारले कर्म इनटरनेशनल इम्प्लोइमेन्ट सर्भिसेज प्रा. लि. को कार्यालय ज्ञानेश्वर काठमाडौंमा भदौ ९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया