आकर्षक तलबसहित साउदीमा रोजगारीको अवसर, मासिक तलब कतिदेखि कतिसम्म ?

बुधबार, ०२ भदौ २०७८, १७ : ४१

आकर्षक तलबसहित साउदीमा रोजगारीको अवसर, मासिक तलब कतिदेखि कतिसम्म ?

काठमाडौं, साउदीको एक कम्पनीले आकर्षक तलबसहित नेपाली कामदारको माग गरेको छ । साउदीको JOUD UNITED COMPANY ले ४१ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३१ हजार देखि ६० हजार माथि  रहेको छ । इच्छुक कामदारले Pratinya Overseas Pvt.Ltd. Battisputali काठमाडौमा भदौ ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क,भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

बुधबार, ०२ भदौ २०७८, १७ : ४१

प्रतिक्रिया