वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका २ सय बढि नेपाली जेलमा, १६ जनालाई मृत्युदण्डको सजाय

विहीबार, ०३ भदौ २०७८, ०७ : १६

काठमाडौं - वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका २ सय ५ जना नेपाली कामदारहरु जेलमा रहेका छन् ।  मलेसियाले कानून उल्लंघन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेको जनाइएको छ । 

त्यसमा २ जना महिला रहेका छन् । जेल परेकामध्ये १६ जनालाई मृत्युदण्डको सजाय समेत सुनाइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार  वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका ५ सय ४५ जना नेपाली कामदार जेलमा रहेको बोर्डले जनाएको छ । 

वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी नेपाली कामदार मलेसियामका जेलमा रहेको पनि बोर्डले जनाएको छ ।

विहीबार, ०३ भदौ २०७८, ०७ : १६

प्रतिक्रिया