अफगानिस्तानबाट नेपाली कामदार फर्किने क्रम जारी, स्वादेश फर्किन चाहनेमध्ये २ सय ५६ ले भरे विवरण

विहीबार, ०३ भदौ २०७८, ०७ : ३२

काठमाडौं - अफगानिस्तानबाट नेपाली कामदार फर्किने क्रम जारी रहेको छ । बुधबार बिहानसम्म थप २ सय ७२ जना नेपालीको उद्धार गरिएको छ । बुधबार बिहान अफगानिस्तानबाट कतार एयरवेजको जहाजबाट ६१ जना नेपालीको उद्धार गरिएको छ ।

जजिरा एयरलाइन्सको चार्टर्ड बिमानबाट मंगलबार १ सय १८ नेपाली र नौ भारतीयसहित १ सय २७ र राति ८४ जना नेपालीको उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयले अफगानिस्तानबाट नेपाल फर्किन चाहने नेपालीले अनलाइन रजिष्ट्रेशनमा आफ्नो विवरण दर्ता गर्न सक्ने बताएको छ । 

प्रवक्ता पोखरेलले अगानिस्तानबाट नेपाल फर्किन चाहनेमध्ये बुधबारसम्म २ सय ५६ जनाले आफ्नो विवरण भरेका छन् । गृह मन्त्रालयले कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको जानकारी दिएको थियो । 

यसअघि अफगानिस्तानबाट मंगलबार १ सय २७ जना नेपाली ल्याइएको थियो ।

विहीबार, ०३ भदौ २०७८, ०७ : ३२

प्रतिक्रिया