काठमाडौं - नेपाली कांग्रेस निकट जनसम्पर्क समिति मलेसियाले कोभिडका कारण मलेसियामा समस्यामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन तीन बुँदे माग राख्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी उक्त ध्यानाकर्षण गरेको हो । समितिले उक्त ध्यानकर्षण पत्र गृहमन्त्री बालकृण खाँणलाई पनि बुझाएको छ ।
पत्रमा समितिले कोभिडका कारण नेपालबाट नियमित उडान नहुँदा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरु कम्पनीमा बाध्यताबश काम गर्नु परेकोले उनीहरुको उद्धारका लागि अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गरेको छ ।
अन्तर्राष्ट्रिय उडान नहुँदा हाल मलेसियामा रहेका नेपाली कामदारका २४ वटा शव अवपत्र परेको र ती शव नेपालबाट जाने न्यारोबडीको जहाजले ल्याउन नसक्ने भएकाले वाइडबडी जहाज पठाउनु पर्ने माग पनि समितिले गरेको छ ।
प्रतिक्रिया