५० प्रतिशत अनुदानमा आधुनिक हलो  वितरण

विहीबार, ०३ भदौ २०७८, १२ : २३

सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने  भएकाले सो उपकरण वितरण गरिएको हो । 

 किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न अनुदानमा मिनीटिलर वितरण गरिएको  नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए । उनले  लगानी खेर नफाली उत्पादन वृद्धि गर्दै आर्थिक उपार्जनतर्फ लाग्न आग्रह गरे ।

मिनीटिलर पाएर गोरुलाई खुवाउने खर्च बचतका साथै काम गर्न पनि सहज  भएको वडा नं ९ का राजेन्द्र खत्रीले बताए। छनोट भएका ११ वडाका ३३ किसानलाई एउटैको रु ४४ हजार ५०० पर्ने मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण  गरिएको नगरका कृषि शाखा प्रमुख दिपेन काफ्लेले जानकारी दिए ।

विहीबार, ०३ भदौ २०७८, १२ : २३

प्रतिक्रिया