पत्रकार थोकरमाथि भएको दुव्र्यवहारको भत्सना

२ बर्ष अगाडि

काठमाडौं - नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका केन्द्रीय परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुव्र्यवहारको भत्सना गरिएको छ । 

शाखाका  सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुगेका थोकर फर्किने क्रममा कार्यालय नजिकै बसेको अज्ञात समूहले दुव्र्यवहार गरेको उल्लेख गरिएको छ । 

‘बोलपत्र आह्वान फाराम हामीलाई नसोधी किन लिएको’ भन्दै उनीमाथि अभद्र व्यवहार गर्नाका साथै  मोटरसाइकलको साँचोसमेत खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेकाले दोषीमाथि कानून बमोजिम कारवाहीको माग गरिएको जारी विज्ञिप्तमा उल्लेख गरिएको छ । 

पत्रकार थोकर तेमाल अनलाइन खबरका प्रधान सम्पादक पनि हुन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया