नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली आजबाट २ दिन बन्द

शुक्रबार, ०४ भदौ २०७८, ११ : १९

काठमाडौं - नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ईसीसी र आईपीएस प्रणालीको सेवा दुई दिनसम्म बन्द गर्ने भएको छ । डेटा सेन्टर अपग्रेड एवं माइग्रेसन गनुपर्ने भएकाले आज साँझ ५ बजेदेखि पर्सी दिउँसो ३ बजेसम्म सेवा गर्न लागेको एक सूचना मार्फत कम्पनीले जानकारी दिएको छ ।  

एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवाप्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु यस कम्पनीले सञ्चालन गर्दै आएको छ ।

शुक्रबार, ०४ भदौ २०७८, ११ : १९

प्रतिक्रिया