काठमाडौं - कताएको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको video home and electronic center कम्पनीले १५ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै कामदारले कम्पनी नियम अनुसार वार्षिक बिदा पनि पाउने छन् । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ४४ हजार माथि देखि ८० हजार माथि रहेको छ । इच्छुक कामदारले इनटरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रा ली को कार्यालय ग्वार्को ललितपुरमा भदौ ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया