रहेनन् लोकप्रिय कलाकार शम्भुराज थापा

शनिबार, ०५ भदौ २०७८, ०८ : ३४

काठमाडौं - लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उनको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । 

कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पछिल्लो समय पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

५५ वर्षीय कलाकार थापामेरी बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए भने उनले केही फिल्महरुमा अभिनय गरेर दर्शक माझ लोकप्रिय बनेका थिए ।

शनिबार, ०५ भदौ २०७८, ०८ : ३४

प्रतिक्रिया