काठमाडौं - ओमानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । ओमानको इबरी सहरमा रहेको shamookh aljabi alakhdar alfadiya कम्पनीले २० जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३७ हजार माथि रहेको छ । इच्छुक कामदारले destiny human resource nepal pvt. ltd.को कार्यालय तिनकुने काठमाडौंमा भदौ १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया