काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको जेधा सहरमा रहेको saudi archirodon ltd कम्पनीले कोमोन लेवरका लागि १०० जना नेपाली महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले अल अयुनी ओभरसिज सर्भिस प्रा लि को कार्यालय कोटेश्वर काठमाडौंमा भदौ १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क र स्वदेशमा हुने बिमा खर्च र कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिष शुल्क र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया