ताजा समाचार

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिने

शनिबार, १२ भदौ २०७८, १० : ०७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानलाई इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन् ।

ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । हाल उनी त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुईरदुई खेल खेल्ने तय भएको छ । 

ह्वाटमोर आठ महिना अघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्यानले खुला प्रतिस्पर्धाबाट उनलाई प्रशिक्षक नियुक्त गरेको थियो । कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गरेको क्यानले जनाएको छ ।   

शनिबार, १२ भदौ २०७८, १० : ०७

प्रतिक्रिया