कोरोनाको पूर्ण खोप लगाएकाले यूएई पुगेपछि क्वारेन्टाइन बस्नु नपर्ने

शुक्रबार, १८ भदौ २०७८, १२ : २५

काठमाडौं - कोरोनाविरुद्धको खोप लगाएका नेपालीले युएईको आबुधाबी प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । 

अबुधाबीको कोरोना नियन्त्रण सम्बन्धी बनेको आपतकालीन, संकट तथा प्रकोप व्यवस्थापन समितिका अनुसार आइतबार देखि पूर्ण खोप लगाएका यात्रुले यूएईको आबुधाबी प्रवेश पछि क्वारेन्टाइन बस्न नपर्ने जनाएको हो ।

पूर्ण खोप लगाएका तथा यूएईले ग्रिन लिष्टमा राखेका देशबाट प्रवेश गर्ने यात्रुले ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ प्रमाणपत्र पेश गर्नु पर्ने छ भने त्यहाँ पुग्ने बित्तिकै पीसीआर परीक्षण पर्नेछ । 

त्यसपछि ६ दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ र रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्य जान पाइने छ ।

शुक्रबार, १८ भदौ २०७८, १२ : २५

प्रतिक्रिया