नेपाल विद्युत प्राधिकरणले विभिन्न पदकालागि माग गरेको आवेदनको शुल्क खल्तीबाट तिर्न सकिने, कहिले सम्म ?

२ बर्ष अगाडि

काठमाडौं - अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदकालागि माग गरेको आवेदनको फारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा संचालनमा ल्याएको छ । 

आवेदकहरुले विभिन्नपदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानीगर्न सक्नेछन् । 

दरखास्त दिने मिति यहिँ भाद्र १८ देखि असोज ७ सम्म रहेको छ । यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया