यातायात विभागद्वारा २ प्रकारको लाइसेन्स वितरण सुरु

२ बर्ष अगाडि

काठमाडौं - यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालिन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु गरिएको जानकारी दिए ।  

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया