ओमानद्धारा आप्रवासी कानून संशोधन

बुधबार, २३ भदौ २०७८, ०९ : ५८

काठमाडौं - ओमानले आप्रवासी कानून संशोधन गरेको छ । शाही आदेश जारी गर्दै आप्रवासी कानूनमा केही संशोधन गरेको हो । 

ओमानले विदेशी कामदारहरुले आफ्नो भिसाको म्याद सकिन १५ दिन अगावै नवीकरण गर्नुपर्ने नयाँ नियम ल्याएको छ । 

उक्त संशोधित नयाँ नियम अनुसार कुनै पनि विदेशी कामदारले आफ्नो श्रीमान श्रीमतीलाई भिसा प्रदान गर्दा उनीहरुमा आश्रित बालबच्चालाई पनि स्वतः भिसा लागेको मानिने भएको छ ।

बुधबार, २३ भदौ २०७८, ०९ : ५८

प्रतिक्रिया