टेलिकमको भीओएलटिईका प्रयोगकर्ताको संख्या साढे ५ लाख नाघ्यो, कसरी लिन सकिन्छ सेवा ?

२ बर्ष अगाडि

काठमाडौं, नेपालमै पहिलो पटक गत जेठ पहिलो सातादेखि सञ्चालनमा आएको नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ताको संख्या साढे ५ लाख नाघेको छ ।

टेलिकमले सेप्टेम्बर ५ सम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार टेलिकमका भीओएलटिईका प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेका हुन् ।

टेलिकमले गत जेठ ३ गतेदेखि नेपालमै पहिलोपटक भीओएलटिईको परीक्षण शुरूवात गरेको थियो । जसमा भीओएलटिई चलाउन २ वटा कुरा महत्वपूर्ण हुन्छ । भीओएलटिई सेवा प्रयोग गर्न सिममा भीओएलटिई सेवा एक्टिभेट गर्नुपर्छ भने मोबाइल फोनमा पनि भीओएलटिई सपोर्ट हुनुपर्छ ।

यसरी लिने सकिने सेवा 

टेलिकमको भीओएलटीई सेवा लिन सबैभन्दा पहिला तपाईंको मोबाइल सेटमा स्टाटर्ट ४४४ ह्याच डायल गर्नुपर्छ । उक्त नम्बर डायल गरिसकेपछि त्यहाँ तीनवटा विकल्प आउनेछन् । जसमध्ये सबैभन्दा माथि फोरजी सेवा सुरु गर्ने विकल्प हुनेछ ।

भीओएलटीई प्रयोग गर्न यो सेवा सुरु गर्नुपर्नेछ । त्यसपछि दोस्रो नम्बरमा भीओएलटीई सेवा सुरु गर्ने विकल्प हुनेछ । सो नम्बर राखेर यो सेवा लिन सकिन्छ । यो सेवा नलिएको भए त्यसमै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ ।

टेलिकमका अनुसार भीओएलटीई सेवा लिन आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ ।

कम्पनीले फोरजी अथवा भीओएलटीई सेवा लिन आठ सय र १८ सय दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया