खल्तीको आकर्षक अफर : १ रूपैयाँमा जुनसुकै हवाई टिकट खरिद गर्न सकिने

२ बर्ष अगाडि

काठमाडौं - अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले नयाँ अफर ल्याएको छ । खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र एक रूपैयाँमा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर कार्यान्वयनमा ल्याएको हो ।  

यस अफर मार्फत् खल्ती मा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सय रूपैयाँसम्मको क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र एक रूपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् । 

खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र एक रूपैयाँ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ । उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । 

यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया