‘आइफोन–१३’ यही सेप्टेम्बर १४ मा सार्वजनिक हुने

२ बर्ष अगाडि

एजेन्सी - एप्पलको नयाँ ‘आइफोन–१३’ यही सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ । इनग्याजेटका अनुसार एप्पलले हालै सेप्टेम्बर १४ को लागि ‘क्यालिफोर्निया स्ट्रिमिङ’ कार्यक्रमको घोषणा गरेको छ । 

उक्त कार्यक्रममा कम्पनीले कस्ता उत्पादन सार्वजनिक गर्ने भनेर कुनै जानकारी नदिए पनि धेरैले ‘आइफोन–१३’ आउन सक्ने सम्भावना बढी रहेको अनुमान गरेका छन् । 

नयाँ ‘आइफोन–१३’ पुरानो ‘आइफोन–१२’को अपडेटेड संस्करण मोडल हुनेछ । यसमा सानो नोच र अल्वेज–अन डिस्प्ले हुनेछ । डिस्प्लेमा भने १२० हर्जको रिफ्रेस रेट हुनेछ ।

यो नयाँ आइफोनको क्यामरा पनि गुणस्तरीय हुने भनिएको छ । यसमा अल्ट्रा–वाइड सेन्सर र स्टेबलाइजेसन फिचर हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया