५० वर्षपछि मेसीले तोडे पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान, रोनाल्डोको नाममा कति गोल ?

२ बर्ष अगाडि

एजेन्सी - अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले ब्राजिलियन फुटबल लेजेण्ड पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोड्दै आफुलाई दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ताका रूपमा उभ्याएका छन् । 

उनले ५० वर्षपछि पेलेको कीर्तिमान तोडेका हुन् । बोलिभियाविरूद्ध ह्याट्रिक गर्दै मेसीले आफ्नो गोल संख्या ७९ पुर्याएका हुन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए । 

फुटबलका महान खेलाडी पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । उक्त कीर्तिमान सन् १९७१ देखि कायम थियो । त्यसको आधा शताब्दीपछि वर्तमान विश्व फुटबलका सुपर स्टार मेसीले पेलेको कीर्तिमान तोडे ।

सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पोर्चुगलका रोनाल्डोको नाममा छ । उनले १ सय १८ खेलमा १ सय ११ गोल गरेका छन् । अर्थात्, रोनाल्डोले मेस्सीभन्दा ३२ गोल धेरै गरेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया