एसियन गेममा पब्जी प्रतियोगीता हुने, आठवटा अनलाइन गेमको प्रतिस्पर्धा

२ बर्ष अगाडि

एसियन ओलम्पिकमा पहिलोपटक ई–स्पोर्टस अर्थात अनलाइन खेल प्रतिस्पर्धा हुने भएको छ । सन् २०२२ मा हुने एसियन गेममा अनलाइन गेम पनि समावेश हुने ओलम्पिक काउन्सिल अफ एसियाले घोषणा गरेको हो ।

काउन्सिलका अनुसार इए स्पोर्टसले तयार पारेको फिफा, पब्जी मोबाइल, एरेना अफ भालोर, डोटा २, लिग अफ लिजेन्ट्स, ड्रिम थ्री किङडम १, हर्थस्टोन र स्ट्रिट फाइटर फाइभ खेलको प्रतिस्पर्धा हुने छ । 

यी खेलमा  खेलाडीहरूले स्वर्ण, कास्य र रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । ई–स्पोर्टसका लागि मात्र कूल २४ ओटा मेडल राखिएको छ । जसका लागि चीनको ह्वाङजाओमा हुने एसियन गेममा खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी अन्य दुई गेम, रोबोट मास्टर्स र भीआर स्पोर्टस्, सन् २०२२ को एसियन गेममा डेमोन्स्ट्रेसन इभेन्टको रुपमा खेलिनेछन् । ईस्पोर्टस प्रतियोगिताको लागि एसियन इलेक्ट्रोनिक स्पोर्टस् फेडरेसनले प्राविधिक समन्वयका साथै प्रतियोगिताका लागि टिमहरूको छनौट र व्यवस्थापनको काम गर्नेछ ।

सन् २०१८ को एसियन गेममा ई(स्पोर्टस डेमोन्सट्रेसन इभेन्टको रुपमा खेलाइएको थियो । ओलम्पिक काउन्सिलको यस किसिमको घोषणाले एसिया प्रसान्त क्षेत्रको अनलाइन गेमलाई अर्को उचाईमा पुर्‍याउने विश्वास लिइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया