कमेडी च्याम्पियनका फाइनलिष्ट भरतमणीलाई भोट गर्न पौडेल वंश महासङ्घद्वारा अपिल

२ बर्ष अगाडि

काठमाडौं- कमेडी च्याम्पियन सिजन २ का फाइनलिष्ट भरतमणी पौडेल जिताउ अभियान गरिरहेको पौडेल वंश महासंघ नेपाल जिल्ला कार्य समिति ललितपुरले आज भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

भरतमणीकोे सहभागितामा कार्यक्रम सिस्नेरी जौवारी ललितपुरमा सम्पन्न गरिएको हो । भरतमणी अब्बल क्षमता भएको र साथै पौडेल वंशको नै उच्च मान भएकोले उनलाई जिताउन सबै एक भएर  लाग्नु पर्ने पौडेल वंश संघका केन्द्रीय सदस्य अग्नि पौडेलले बताए । 

यस्तै पौडेल वंशका केन्द्रीय सदस्य राम प्रसाद पौडेल भरतमणी पौडेल वंशकै सान  भएको बताएका छन् । उनले भने, 'भरतमणी पौडेल पौडेल वंशकै शान हो । उनको प्रतिभाले साराको मन जितिसकेको नै छ । अब उनलाई च्याम्पियन बनाउने जिम्मा हाम्रो हातमा छ । त्यसैले अब उनलाई उपाधि दिलाउन हामी एक हुनुपर्छ ।' 

यस्तै उनलाई जिताउन सम्पूर्ण मेचीदेखि महाकाली सम्मका पौडेलहरु एक भएर लागेको पनि बताए । वाग्मती प्रदेशका प्रदेश सभा सदस्य माधव पौडेलले पनि भरतमणीलाई उपाधि दिलाउनमा सबैको साथको आवश्यक भएकोले सबै मिलेर उनलाई जिताउनमा सहयोग गर्न अपिल गरे । 

पौडेल वंश महासंघ ललितपुर जिल्ला कार्य समितिका अध्यक्ष वसन्त पौडेलको अध्यक्षतामा समापन भएको उक्त कार्यक्रम मार्फत आफूले यस अघि भोटको लागि धेरै दुख नदिएको र अब अन्तिम पटक सबै मिलेर एक पटक दुख गरिदिन भरतमणी  पौडेलले आग्रह गरेका छन् । 

 भरतमणि कमेडी च्याम्पियनका सर्वाधिक प्रफमर अफ डेको उपाधिबाट सम्मानित हुने प्रतिस्पर्धी पनि हुन् । उनी सँगै भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन् । अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ ।

पौडेललाई कमेडी च्याम्पियनको उपाधि दिलाउनका लागि प्रभु पेको एप डाउनलोड गरेर भोट गर्न सकिने छ । उनको भोट कोड नम्बर ३ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया