‘एक्स ९’मा एकपछि अर्का कलाकारको प्रवेश, अब नविन लम्साल पनि

२ बर्ष अगाडि

काठमाडौं, मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ यतिबेला स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा अहिलेका चल्तीका कलाकारहरु सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवालले एकसाथ अभिनय गर्दैछन् भने भिलेनको भूमिकाका लागि बलिउडबाट एक चर्चित नायक झिकाउने तयारीमा निर्माण टिम छ । यसका लागि निर्देशकसहितको टोली यतिबेला भारतमा छ । 
 
यसैक्रममा, फिल्ममा अर्का कलाकारको प्रवेश भएको छ । अभिनयमा अस्कार कलेजबाट ‘पास आउट’ भएका नविन लम्साललाई निर्देशक भट्टले फिल्ममा अनुबन्ध गरेका हुन् । फिल्म ‘राहदानी’ बाट अभिनय करिअर सुरु गरेका उनको दोस्रो फिल्म ‘कारखाना’ थियो । उनी अभिनीत नयाँ फिल्म ‘चिसो स्ट्रे’ रिलिजको तयारीमा छ । ‘एक्स ९’ मा उनको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।
 
अहिले सौगात, अनमोल, पुष्प र राजले एक्सन र जिम ट्रेनिङ गरिरहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया