ओटीटीमा पनि रिलिज हुदैँ कंगनाको फिल्म  ‘थलाइवी’, ५५ करोडमा बिक्यो

२ बर्ष अगाडि

काठमाडौं, बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । चलचित्र भदौ २४ गते देखि सिनेमा हलमा रिलिज भएको हो । केही दिन अगाडि मात्र कंगनाले चलचित्र रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन् । भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो चलचित्रको हलको विवाद टुंगिएको छ । योसँगै चलचित्र अब ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ ।

यो चलचित्रलाई नेटफिलक्सको साथै अमेजन प्राइमले खरिद गरेका छन् । यी दुबै प्लेटफर्ममा यो चलचित्र एकसाथ रिलिज हुनेछ । चलचित्रका निर्मातालाई ओटीटीबाट ५५ करोड रुपैयाँ आम्दानी भएको छ । यो चलचित्र भारतको महाराष्ट्रमा भने रिलिज हुनेछैन । महाराष्ट्र सरकारले अझै पनि हल खोल्नका लागि अनुमती दिएको छैन ।

२ बर्ष अगाडि

प्रतिक्रिया