आइसीसी विश्वकप क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै, कसले मार्ला बाजी ?

२ बर्ष अगाडि

काठमाडौं, आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज सोमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् ।  

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । 
 
यसअघि नेपाली टोलीले लिग(२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रंखला खेलेको थियो । नेपालले दुबै श्रंखला आफ्नो पक्षमा पारेको थियो । 

लिग(२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन् । खुट्टाको चोटका कारण उनले श्रंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

नेपालले ४ खेलमा २ जित र २ हार सहित ४ अंकका साथ छैटौ स्थानमा छ । ओमान १० खेलमा ८  जित र २ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ जित र ६ हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया