निजी इन्टरनेट सेवाप्रदायकले बढाए २५ लाख ग्राहक, अग्रह स्थानमा वर्ल्डलिंक अन्य कुनको कति प्रयोगकर्ता ?

२ बर्ष अगाडि

काठमाडौं, कोरोना भाइरस संक्रमण महामारीकै बीच नेपालका निजी इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले २५ लाख इन्टरनेट प्रयोगकर्ता थपेका छन्।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका २०७८ असार मसान्तसम्म जम्मा ग्राहक सङ्ख्या ४ लाख ८५ हजार १३९ पुगेका छन्। २०७७ श्रावणमा ३ लाख ९४ हजार १० रहेकामा यो एक वर्षको अविधिमा १ वर्षमा ९१ हजार १२९ बढेको तथ्याङ्कले जनाएको छ।

सुविसु केबलनेट प्रालि दोस्रो नम्बरमा रहेको रहेको छ। सुविसुका ग्राहक हालसम्म २ लाख १० हजार ५१३ पुगेको छ। यो सङ्ख्या २०७७ श्रावणसम्म १ लाख ४६ हजार ३४० रहेको थियो। एक वर्षको अवधिमा ६४ हजार १७३ ग्राहक थपेको हो।

त्यस्तै, वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिको २०७७ श्रावणसम्म कुल ग्राहक सङ्ख्या १८, ६६४ रहेको मा एक वर्षमा ५५ हजार ३ सय ७८ वृद्धि भएर ७४ हजार ४२ पुगेको छ।

क्लासिकटेक प्रालिको जम्मा ग्राहक सङ्ख्या २०७७ श्रावणमा १ लाख १० हजार ७८७ रहेकामा एक वर्षमा ४७ हजार ९८ थपिएर २०७८ असार मसान्तसम्म १ लाख ५७ हजार ८८५ पुगेको छ।

त्यसैगरी, भायनेट कम्युनिकेशन प्रालिका ३८ हजार २०० ग्राहक पगेको छन्। अघिल्लो वर्षको श्रावणमा ग्राहक संख्या १ लाख १३ हजार ९३१ रहेकामा १ वर्षमा ३८ हजार २०० थपिएर १ लाख ५२ हजार १३१ पुगेका छन्।

टेकमाइण्ड्स नेटवर्क प्रालिले कोरोना महामारीकै बीच २३ हजार ९२६ ग्राहक थपेको छ। २०७७ श्रावणमा कुल ४२ हजार ९०८ ग्राहक रहेको यो आईएसपीको कुल सङ्ख्या २०७८ असार मसान्त अर्थात् आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ६६ हजार ८३४ पुगेको छ।

गत वर्षदेखि सञ्चालमा आएको डिश मिडिया नेटवर्क प्रालिले १७ हजार ग्राहक थपेको छ। आर्थिक वर्ष २०७७र७८ को पहिलो महिना अर्थात् २०७७ श्रावणमा अस्तित्वमा नै नरहेको डिश मिडिया नेटवर्कको इन्टरनेट सेगमेन्टले २०७८ असार मसन्तसम्म कुल १७ हजार ९६४ ग्राहक जोडेको हो।

२ बर्ष अगाडि

प्रतिक्रिया