टि-सिरिज र रिलायन्सले फिल्ममा करीब हजार करोड लगानी गर्ने सम्झौता

भदौ २८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो कम्पनीमध्ये एक टि-सिरिज र रिलायन्स इन्टरटेनमेन्टबीच फिल्ममा करीब हजार करोड लगानी गर्ने सम्झौता भएको छ ।  यी कम्पनीले विभिन्न विषयका १० वटा फिल्म निर्माणमा व्यवासयिक सहकार्य गर्ने भएका छन् । 
 
दुवै निर्माण कम्पनीद्वारा जारी विज्ञप्तिमा तमिल, बायोपिक, स्पाई थ्रिलर, रोमान्स ड्रामा, कमेडी र वास्तविक घटनामा आधारित फिल्म निर्माण गरिने उल्लेख छ । भूषण कुमारको टि(सिरिज र भारतका धनाड्य अनिल अम्बानीको रिलायन्स इन्टरटेनमेन्टले सयौं फिल्म र म्यूजिक भिडियोमा लगानी गरिसकेको छ । यी कम्पनीले कमर्शियल र आर्ट दुवै खालका फिल्म बनाउँदै आएका छन् ।
 
टि(सिरिज र रिलायन्सको सम्झौताको सुरुवात दक्षिण भारतीय फिल्म ‘विक्रमवेधा’ को हिन्दी रिमेकबाट हुनेछ, जसमा ऋतिक रोशन र सैफ अली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । भारतमा पहिलो पटक मुम्बईका दुई ठूला स्टूडियोले मिलेर फिल्म बनाउने फैसला लिएका हुन् । आइतवार टि(सिरिजका भूषण कुमार र रिलायन्सका शिबाशीष सरकारबीच सम्झौता भएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८