भीजी इम्पेक्सले ह्यावल जोलियन मोडलमा आकर्षक फिचर सहितको टप भेरिएन्ट ल्याउँदै

२ बर्ष अगाडि

काठमाडौं,–नेपालमा ग्रेटवाल र ह्यावलका गाडीहरु बिक्री–वितरण गरिरहेको भीजी इमपेक्सले हाल बजारमा उपलब्ध ह्यावल जोलियनको टप भेरिएन्ट नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
आफ्नो कर्पोरेट फिलोसफी ‘इमप्रुभिङ लिटल बाई लिटल एभ्रिडे’ लाई अनुसरण गर्दैै यसले ग्राहकको यात्रालाई अझ विलासी बनाउने कम्पनीको भनाइ छ । 

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलियनले गाडीहरुमा प्रयोग गरिएको १८ इन्चको आल्मुनियम अलोय ह्विल, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स–वे इलेक्ट्रिक एड्जस्टेबल सिट समेतले यसको परिष्कृत निर्माणमा कुनै कमी महशुस हुन नदिएको बताइन्छ । यसको प्यानोरामिक सनरुफ र ड्युअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्दछ ।

१.५ लिटरको टर्बो पेट्रोल इन्जिन, ६ ओम्नी डाइरेक्सनल एयरब्यागको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मोनिटरिङ र हाइ होल्ड कन्ट्रोल तथा हिल डिसेन्ट कन्ट्रोल भएको जोलियनको निर्माण नै सुरक्षालाई ध्यानमा राखेर गरिएको कम्पनीको भनाइ छ । यसको आकर्षक हेड–अप डिस्प्ले ९एचयूडी० ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँछ ।

एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको १२.३ इन्च स्मार्ट टचस्क्रिन जस्तो यात्रालाई आरामदायी बनाउने फिचरहरुले व्यस्त दैनिकीमा विलासिता थप्नेछ ।

६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्यावल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया