यी मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुदैं, एउटै मोडलमा १८ हजारदेखि ४० हजार सम्म बढ्दै

२ बर्ष अगाडि

काठमाडौं, सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने १२५ देखि १५५ सीसी सेग्मेन्टका मोटरसाइकल र स्कुटरमा १० प्रतिशत अन्तशुल्क वृद्धि गरेको छ । यसरी अन्तशुल्क वृद्धि हुँदा यो सेग्मेन्टको मूल्य १८ हजार रुपैयाँसम्मले वृद्धि हुने देखिएको छ भने अर्को २ सयदेखि २५० सीसी सेग्मेन्टमा पनि पहिलेको तुलनामा १० प्रतिशतले वृद्धि गरिएको छ । यो सेग्मेन्टका मोटरसाइकलको मूल्य भने एउटै मोडलमा ४० हजार रुपैयाँसम्मले वृद्धि हुने देखिन्छ ।

त्यसैगरी टीभीएस अपाचे आरटीआर १६० र २०० सीसी क्षमतामा उपलब्ध भएका कारण यसको मूल्य वृद्धि हुनेछैन । सरकारले ल्याएको अहिलेको नीतिले सबैभन्दा बढी फाइदा टीभीएस मोटरसाइकललाई पुग्ने देखिन्छ । टीभीएसकै अर्को मोडल १२५ सीसी सेग्मेन्टमा अन्य धेरै मोटरसाइकल तथा स्कुटर उपलब्ध भएपनि यस्ता मोटरसाइकल र स्कुटरको वास्तबिक क्षमता ठ्याक्कै १२५ अर्थात सो भन्दा केही अंक कम हुने कारण मूल्य बढ्ने देखिदैन ।

पावरफूल सेग्मेन्टका नामले समेत चिनिने २०० देखि २५० सीसी क्षमताका मोटरसाइकल समेत प्रशस्तै उपलब्ध छन् । यो सेग्मेन्टमा समेत सरकारले पहिलेको तुलनामा १० प्रतिशत अन्तशुल्क वृद्धि गरेको छ । जसका कारण यो सेग्मेन्टको एउटै मोडलमा ४० हजार रुपैयाँसम्मले मूल्य बढ्ने देखिएको हो ।

यो सेग्मेन्ट अन्तर्गत हाल बजारमा बजाजको एभेन्जर क्रुजर, पल्सर २२० एफ र डोमिनार छ । त्यसैगरी होन्डाको सीबीआर २५० आर, यामाहाको फेजर, सुजुकीको जिक्सर २५० लगायत बेनेली, क्रसएक्स, क्रसफायर, केटीएम, मोटरहेड र सीएफमोटो जस्ता ब्रान्डका केही मोडल उपलब्ध छन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया