च्याम्पियन्स लिग : पिएसजी, रियल म्याड्रिड, लिभरपुल र सिटीको खेल आज, यस्तो छ समय तालिका

२ बर्ष अगाडि

एजेन्सी - युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । आज च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । 

आज हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन क्लब बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । समूह सी को यो खेल नेपाली समयअनुसार राति १०ः३० मा टर्की स्तानबुलस्थित भोडाफोन पार्कमा हुनेछ । 

समूह सी कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिपी र नेदरल्याण्डको एजाक्सबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । 

समूह डीअन्तर्गत माल्दोभाको एफसी सेरिफ तिरास्पोल र उक्रेनी क्लब सख्तर डानेटसकबीचको खेल राति १०ः ३० बजे सुरू हुनेछ । खेल माल्दोभाको सेरिफ मैदानमा हुनेछ । 

समूह डी कै अर्को खेलमा युरोपेली बलिया क्लब इन्टर मिलान र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ । इटाली क्लब इन्टर र स्पेनिस क्लब रियल म्याड्रिडबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे मिलानस्थित सान सिरो मैदानमा हुनेछ । 

समूह ए को खेलमा क्लब ब्रग र पेरिस लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मन ९पिएसजी० बीच प्रतिस्पर्धा हुनेछ । स्टार खेलाडी लियोनल मेस्सी पिएसजी जोडिएपछि उसले खेल्न लागेको पहिलो खेल हो । घरेलु क्लब ब्रगविरुद्ध तीन स्टार लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे नै रहनेछन् । 

समूह ए कै अर्को खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाईपजिकको सामना गर्नेछ । दुबै खेल नेपाली समयअनुसार पौने एक बजे सिटी घरेलु मैदान इतिहादमा सुरु हुनेछ । 

यस्तै समूह बीको खेलमा स्पेनिस ला लिगा क्लब एथ्लेटिको म्याड्रिडले एफसी पोर्टोको सामना गर्नेछ । खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ । समूह बी कै अर्को खेलमा लिभरपुल र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ । 

खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । समूह बीका दुबै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया