सलमान खानले बिगबोस-१५ का लागि ३५० करोड पारिश्रमिक लिदैं, दिव्या अग्रवाल बनिन् बिग बॉस ओटीटीकी विजेता

आइतबार, ०३ असोज २०७८, १४ : ५१

काठमाडौं,बलिउडका सुपरस्टार सलमान खान चर्चित भारतीय रियालिटी कार्यक्रम बिगबोसको नयाँ सिजनको तयारीमा छन्। शनिबार यस वर्षको विजेता घोषणा भएलगत्तै सिजन अन्त्य भएको छ र अब यसको नयाँ सिजन सुरू हुन लागेको छ। 

बिगबोसका धेरै सिजन सलमान खानले होस्ट गरिरहेका छन्। यसको नयाँ सिजन, बिगबोस १५ मा उनी फेरि होस्ट भएर फर्किन लागेका हुन्। उनले यो कार्यक्रमको विगत ११ वटा सिजन पनि होस्ट गरेका थिए। 

रिर्पोटका अनुसार बिगबोस( १५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारू पारिश्रमिक लिने भएका छन्। योसँगै उनले आफ्नो पारिश्रमिक पन्ध्र प्रतिशतले बढ्नु पर्ने माग गरेका छन्। 

सलमान यसै पनि सबभन्दा धेरै पैसा कमाउने रियालिटी कार्यक्रम होस्टमा पर्छन्। उनले बिगबोसको सिजन ४ देखि सिजन ६ सम्म प्रत्येक भागको दुई करोड भारूभन्दा बढी पारिश्रमिक लिएका थिए। सिजन ७ मा यो पारिश्रमिक पाँच करोड भारूसम्म बढेको थियो।

बिगबोस १३ मा भने उनले हप्ताको १३ करोड भारू लिएका थिए। आउँदो नयाँ सिजनमा भने उनले हप्ताको २५ करोड भारूको दरले आफ्नो पारिश्रमिक तोकेका हुन्। 

बलिउड हंगामाका अनुसार बिग बस १५ आउँदो अक्टोबरदेखि सुरू हुनेछ।

यस्तै, दिव्या अग्रवालले बिग बॉस ओटीटी जितेकी छन् । शनिबार भएको फाइनमा अग्रवालले सबैलाई पछिपार्दै  बिग बॉस ओटीटीको विजताको ट्रोफि हात पारेकी हुन् ।  साथै उनले २५ लाख भारु पनि पुरस्कार स्वरुप पाएकी छन् । 

आइतबार, ०३ असोज २०७८, १४ : ५१

प्रतिक्रिया